‘रुसी सुनमाथि प्रतिबन्ध लगाउन असम्भव’
प्रतिबन्धले सधैँ अनिच्छित नतिजा ल्याउने भएकाले त्यस्तो निर्णय अव्यवहारिक हुने प्लानेट पोन्जी लेखक मिटचेल फीरस्टेनले बताएका छन् । जसको असर प्रतिबन्ध लगाउने देशहरुमा पनि पर्ने उनको भनाइ छ ।
अमेरिका र बेलायतले रुसी केन्द्रीय बैंकको सुनको कारोबारमाथि लगाएको प्रतिबन्धबारे बोल्दै उनले यस्तो बताएका हुन् । उनले रुसको केन्द्रीय बैंकको सुनमाथिको प्रतिबन्ध असम्भव भएको पनि बताए ।
‘पहिलो त रुसी केन्द्रीय बैंक सुनको खरिदकर्ता हो, बिक्रेता होइन । दोस्रो सुनको बारहरु उत्पादन गर्न गरिने रिफाइनिङ प्रक्रिया नक्कल पनि गर्न सकिन्छ । रुसी सुनहरु सजिलै पगाल्न सकिन्छ र अर्को रिफाइनर कहाँ लैजान सकिन्छ । यस किसिमका सुनहरु पुनः बिक्री गर्न सकिन्छ’, उनको भनाइ छ ।
साटासाट र बजारले सुन कहाँ उत्पादन गरिएको हो र प्रशोधन गरिएको भन्ने अर्थ नराख्ने भन्दै उनले यसको हेक्का पनि नहुने बताए । ‘त्यसैले रुसको सुनमाथि प्रतिबन्ध लगाउने प्रयास असम्भव हो’, उनको भनाइ छ । खरिदकर्ताले न्यूनतम मूल्यांकन शुद्धता र एकिन वजन मात्रै परीक्षण गर्ने उनले बताए ।
फीरस्टेनले सुनमाथिको प्रतिबन्ध सहजै पन्छाउन सकिने बताएका छन् । ‘सुन ६००० वर्ष भन्दा बढीको अवधिदेखि मुद्राको रुपमा रहँदै आएको छ र यो सधै रहिरहेनेछ,’ उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण