गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छ: मन्त्री बडू
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली संघले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा गैरआवसीय नेपाली संघको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बडूले ‌सवैधानिक व्यवस्थानुसार नागरिकतासँग सम्बन्धित विषय र संघले उठाउँदै आएका अरु मागहरु कानुन र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता गरे ।
चैत्र १२ र १३ गते काठमाडौंमा सम्पन्न दशौं गैरआवासीय नेपाली सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मन्त्री बडूले समुन्नत नेपाल निर्माणको अभियानमा गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।
संघका अध्यक्ष कुल आचार्य नेतृत्वको टोलीले मन्त्री बडूलाई नेपालको संविधान २०७२ ले गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा गरेको व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण, तीन पुस्तापछिको एनआरएनलाई पनि गैरआवासीय नेपाली नागरिकताबाट बन्चित नगराउने गरि संविधान संशोधनका लागि राजनीतिक सहमति र दोहोरो नागरिकता लिन नमिल्ने देशमा रहेका गैरआवासीय नेपालीहरुका लागि परिचयपत्रको माध्यमबाट सम्पत्ति लगायतका अधिकार प्रयोग गर्न सकिने गरी गैरआवासीय नेपाली ऐन २०६६ लाई संशोधन गर्न पहल र सहयोगका लागि आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण