चंकी पांडेकी छोरी अनन्या पांडेले कार्यक्रममा मागिन् फ्रीको कार : सलमान खानले भने, ‘बाउ पट्टी गइन्’
बलिउड अभिनेता सलमान खान हालै अनन्या पांडेसँग आइफाको पत्रकार सम्मेलनमा देखिए । यतिबेला सलमानले अनन्यासँगै ठट्टा गरेका छन् । उनले अनन्यालाई ठ्याक्कै बाउजस्तै भएको प्रतिक्रिया पनि दिएका छन् ।
कार्यक्रमका उद्घोषक मनिष पलले सलमानसँग अनन्यालाई एउटा टिप दिने भने । यसमा सलमानले अनन्यालाई कार्यक्रममा कारका मालिकसँग निःशुल्क कारका लागि डिल गर भनेर सिकाए । त्यसपछि अनन्याले साँच्चै नै उनीसँग फ्रिको कार मागिन् ।
अनन्याले मागिन् नेक्साका मालिकसँग निःशुल्क कारः
अनन्याले नेक्साका मालिकसँग भनिन्, ‘नेक्सा, मैले फ्रिमा गाडी पाउँछु ?’ त्यसपछि सलमानले प्रतिक्रिया दिँदै भने, ‘चंकी पांडेकी छोरी हुन् । बाउ पट्टी गएकी छिन् ।’
सलमान, रितेश देशमुखसँग आउँदो आइफा आवर्ड होस्ट गर्नेछन् । कार्यक्रममा जब सलमानलाई ओस्कारमा विल स्मिथद्वारा क्रिस रकलाई थप्पड हानेको सन्दर्भ ‘कार्यक्रम उद्घोषक चुट्किलासँग सावधान हुनुपर्छ ?’ भनेर सोधियो । यसको जवाफमा अभिनेताले भने, ‘एक उद्घोषकको रुपमा तपाईं सेन्सेटिभ हुनुपर्छ । ह्यूमर बेल्टभन्दा माथि हुनुपर्छ, तल होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण