प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको सङ्ख्या ज्यादै कम हो । आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । त्यसमा एक जना पनि महिला पर्न सकेनन् ।
आयोगले प्रदेशका १४ जिल्लामा १४ मुख्य निर्वाचन अधिकृत र १२३ निर्वाचन अधिकृत नियुक्ति गरेको छ । मुख्य निर्वाचन अधिकृतलाई आफू कार्यरत जिल्लाको एउटा पालिकाको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि हुनेछ । निर्वाचन आयोगका सूचना अधिकृत शालिग्राम शर्मा पौडेलले सम्बन्धित जिल्ला अदालतका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको बताए ।
उनले महिलाले चासो नदेखाएकाले मुख्य निर्वाचन अधिकृतमा नियुक्ति नभएको हुनसक्ने बताए । “जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको छ”, उनले भने, “प्रदेशमा महिला न्यायाधीश हुनुहुन्थेन कि, भए पनि जान सक्दिन भन्नुभयो कि, बुझ्नुपर्छ ।”
पालिकाको निर्वाचन गराउन तोकिएका निर्वाचन अधिकृतमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा विनिता भट्टराई, पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पूजा खत्री, इलामको रोङ गाउँपालिकामा उषा श्रेष्ठ, सङ्खुवासभाको पाँचखपन नगरपालिकामा शशी राई, भोजपुरको आमचोक गाउँपालिकामा कल्पना राई, सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा कोपिला राई, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सङ्गीता न्यौपाने ढुङ्गेल, ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकामा कमला काफ्ले र ओखलढुङ्गाको सुनकोसी गाउँपालिकामा कविता फुँयाल रहेका छन् ।
आयोगका सूचना अधिकृत पौडेलले उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँमा भने बढी मात्रामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा महिला नै बढी नियुक्ति भएको बताए ।
उनले दुर्गम स्थानमा जानका लागि महिला इच्छुक नभएका कारण पनि प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत कम भएको हुनसक्ने बताए। प्रदेशमा ३३ लाख ४६ हजार ३८४ मतदाता रहेका छन् । त्यसमा १६ लाख ९९ हजार ८०० पुरुष र १६ लाख ४७ हजार ६१ महिला र २३ जना अन्य रहेको निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण