बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु, ३८ देशका ८९ फिल्म प्रदर्शन हुने

शुक्रबार, १८ चैत २०७८, १० : ४५
शुक्रबार, १८ चैत २०७८

‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को पाँचौं संस्करण काठमाडौंमा सुरु भएको छ । ‘विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ भन्ने नाराका साथ बिहीबार साँझबाट महोत्सव सुरु भएको हो । महोत्सवको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका थिए । चैत २१ गते (५ दिन) सम्म चल्ने महोत्सवमा फिल्म क्षेत्रलाई चलायमान बनाउन भूमिका खेल्ने मेयर शाक्यले बताए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली फिल्म क्षेत्रलाई सरकारले सहयोग गरिरहेको जनाउँदै राम्रो फिल्म बनाउन फिल्मकर्मीलाई सुझाए । ३८ देशका ८९ फिल्म देखाइने महोत्सवमा पहिलो दिन डकुमेन्ट्री ‘गोरु पर्व’ प्रिमियर गरिएको थियो ।

विश्वसामु नेपाली फिल्मको प्रवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमा सघाउनु महोत्सवको उद्देश्य रहेको आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले बताए । उनले फेस्टिभलमा विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत हुने जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरूबीच ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार प्रदान गरिनेछ ।  शुक्रबारबाट पर्यटन बोर्ड प्रेक्षालयमा हुने फेस्टिभलमा भौतिक र अनलाइन दुवै माध्यमबाट फिल्महरु प्रदर्शन हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप