विराटनगरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, १८ चैत २०७८, ११ : ०४
मोरङको विराटनगर महानगरपालिका–१४ मा गएराति सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन् ।
गम्भीर घाइते भएका देउजाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा शुक्रबार बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हाल नम्बर नखुलेको सवारी साधनले गएराति १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण