माधव नेपालले पार्टी फुटाएर अपराध गर्नुभयो : अष्टलक्ष्मी शाक्य
शुक्रबार, १८ चैत २०७८, १५ : ५१
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले पार्टी फुटाएर अपराध गरेको बताएकी छन् । शुक्रबार काठमाडौमा अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले माधव नेपालले त्याग र बलिदान गरेर बनाएको पार्टीलाई चटक्कै छोडेर आफ्नो भाग लिएर पार्टी फुटाएर अपराध गरेको बताएकी हुन् ।
‘१५ वर्ष महासचिव भएर काम गर्नुभएको, अनि यो पार्टी चटक्कै छोडेर भाग लिएर जानुभयो । पार्टी फुटाउने कुरा अपराध हो । त्याग र बलिदान गरेर बनाएको पार्टी फुटाएर माधव नेपालले अपराध नै गर्नुभएको हो’, शाक्यको भनाइ छ ।
आफुले पार्टी फुटाउने काममा हस्ताक्षर गर्न नसक्ने जवाफ दिएको भन्दै उनले जनताका दुःखले हुर्काएको पार्टी फुटाएर गुटको नेता बनेको भन्दै त्यस्तो दुस्साहस कसैले गर्न नहुने बताइन् । ‘यो बहुत दुःख लाग्दो कुरा, अपराध हो’, शाक्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण