बम विस्फोटमा संलग्न चार आरोपी सार्वजनिक
सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलमा बम विस्फोट गराइएको आरोपमा चार जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरेर केही दिन अगाडि इटहरीमा बम विस्फोटको घटनामा संलग्न आरोपीलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा हिमाल सुरक्षा परिषद्का मुख्य नाइके खगेन्द्र खरेल, इटहरी–२ का ३२ वर्षीया आशा ठकुरी भन्ने लक्ष्मी देवी थापा रहेका छन् । बीस वर्षीय रवीन थापा, झापा कन्काइ नगरपालिका–८ लक्ष्मीपुरका ४३ वर्षीय खगेन्द्र खरेल र शेरजङ गुरुङ रहेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
यहीँ चैत १४ गते इटहरी–२ नवजागृति टोलका अमित श्रेष्ठको घरमा उनीहरूको समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जिल्ला अदालत सुनसरीबाट बम विस्फोटन र सङ्गठित अपराध मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक थापाले बताए । समाजमा आतङ्क फैलाउने उद्देश्यले उनीहरूले विस्फोट गराएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण