सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बम विस्फोटमा संलग्न चार आरोपी सार्वजनिक

शुक्रबार, १८ चैत २०७८, २१ : ५५
शुक्रबार, १८ चैत २०७८

सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलमा बम विस्फोट गराइएको आरोपमा चार जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरेर केही दिन अगाडि इटहरीमा बम विस्फोटको घटनामा संलग्न आरोपीलाई  सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा हिमाल सुरक्षा परिषद्का मुख्य नाइके खगेन्द्र खरेल, इटहरी–२ का ३२ वर्षीया आशा ठकुरी भन्ने लक्ष्मी देवी थापा रहेका छन् । बीस वर्षीय रवीन थापा, झापा कन्काइ नगरपालिका–८ लक्ष्मीपुरका ४३ वर्षीय खगेन्द्र खरेल र शेरजङ गुरुङ रहेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । 

यहीँ चैत १४ गते इटहरी–२ नवजागृति टोलका अमित श्रेष्ठको घरमा उनीहरूको समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जिल्ला अदालत सुनसरीबाट बम विस्फोटन र सङ्गठित अपराध मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक थापाले बताए । समाजमा आतङ्क फैलाउने उद्देश्यले उनीहरूले विस्फोट गराएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप