के लसुन, चुकन्दर र तरबुजाले रक्तचाप सन्तुलनमा राख्छ ?
विश्वभर उच्च रक्तचापको कारण मृत्यु हुने संख्या बढ्दै गएको छ । मृत्युको कारण बन्दै गएपछि रक्तचापलाई नियन्त्रणमा राख्नका लागि विभिन्न उपायहरु अपनाउन थालिएको छ । जीवनशैलीमा परिवर्तन गर्ने, खानपानमा ध्यान दिने र व्यायाम गर्ने जस्ता कुरामा मानिसहरु सतर्क हुन थालेका छन् ।
लसुन, चुकन्दर र तरबुजाले उच्च रक्तचापलाई सन्तुलनमा राख्ने विषयलाई लिएर अध्ययन हुन थालेको छ । लण्डनको किङ्ग्स कलेजका डा एन्डी वेबले यी तीन चीजलाई लिएर अध्ययन थालेका छन् ।
यी तीन चिजको परीक्षण गरिएको छ । जसबाट यी तीन खानेकुराले रक्तचाप सन्तुलनमा रहने पत्ता लागेको छ । यी तीनवटै खानेकुराको सेवनले रक्त नलीको आकार बढ्छ र रगत प्रवाह सहज हुन्छ । जसले गर्दा रक्तचाप पनि सन्तुलनमा रहन्छ ।
नियमित रुपमा लसुन र चुकन्दरको सेवन गर्दा उच्च रक्तचाप कम हुन्छ । चुकन्दरमा नाइट्रेट पाइन्छ । भने, लसुनमा एलिसिन नामक तत्व पाइन्छ । परीक्षणमा पत्ता लागे अनुसार यी दुवै चीजले रक्तचापलाई नियन्त्रणमा राख्छ । यसैगरी, तरबुजामा अत्यधिक पानी हुने भएकाले यसले रक्तचापमा खासै प्रभाव पार्ने नदेखिएको परीक्षणमा संलग्न विशेषज्ञले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण