एमालेको वडा कमिटी माओवादी केन्द्रमा
रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४ स्थित एमालेको सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश छ । यसअघि आन्तरिक विवादका कारण एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो । अहिले त्यहीँ सिङ्गो कमिटी माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं रुकुम पूर्वका इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए ।
उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेका वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन, सदस्यहरु टेकप्रसाद पुन, उपेन्द्र बुढा, पूर्ण बुढा, विनोद बुढा, पद्मोदया बुढा, नरम बुढा, मनदेउ बुढा, सन्तोष पुन, सूर्यमान पुन, भरण विक, धनबल बुढा रहेका छन् ।
उनीहरू सबैलाई जिल्ला इन्चार्ज ओली र पार्टी गाउँ सङ्गठन समितिका इन्चार्ज जिताराम कामीले फूलमाला, अवीर तथा खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड
-
नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्दा लागतमा उल्लेख्य गिरावट
-
सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
-
सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण