सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल
सारांश
- लेखा समितिमा राहदानी छपाई प्रकरणबारे छलफल अदालतमा विचाराधीन मुद्दा भएको भन्दै सांसदहरूले आपत्ति जनाएपछि बैठक स्थगित भएको छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले राहदानी प्रकरण न्यायिक परीक्षणको विषय भएकोले एजेन्डा परिवर्तन गर्न माग गरेका थिए ।
- सांसदहरूले अदालतमा विचाराधीन मुद्दामा छलफल रोक्न माग गरेपछि सभापतिले बैठक स्थगित गरेका हुन् ।
काठमाडौँ । राहदानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ ।
मंगलबार राखिएको लेखा समितिको बैठकमा बोल्ने सदस्यहरूले अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै आपत्ति जनाएपछि यो विषयमा छलफल नै नभएको हो । योसँगै समितिको बैठक समेत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
आजको बैठकमा बोल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सबैजसो सांसदले अदालतमा विचाराधीन विषय भएकोले छलफलको एजेन्डा परिवर्तन गर्न माग गरेका थिए । सांसद गणेश पराजुलीले राहदानीको विषय विशेष अदालतमा रहेको र यो न्यायिक परीक्षणको विषय भएकोले यो एजेन्डालाई छोडेर अन्य विषयमा छलफल गर्न आग्रह गरे ।
उनले यो विषय कर्मचारी मात्रै नभएर राजनीतिक स्वार्थको विषय समेत भएकोले सबै विषयको निरूपण अदालतबाट हुनुपर्ने र न्यायालयप्रति आफूहरूको विश्वास रहेको बताए । अर्की सांसद क्रान्तिशिखा धितालले पनि राहदानीको विषयमा छलफल गर्ने उपयुक्त समय नभएको भन्दै विविध विषयमा प्रवेश गर्न माग गरिन् ।
अन्य सांसदहरूले समेत समितिको गरिमा र यसअघिका योगदानलाई विचार गर्दै अदालतमा विचाराधीन मुद्दामा राखिएको छलफल रोक्न माग गरेका थिए । योसँगै सभापति भरतबहादुर खड्काले बैठक स्थगित गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल
-
राजमार्ग खुला भएसँगै नयाँ बसपार्कमा बढ्यो चहलपहल, तस्बिरहरु
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
-
आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो
-
नाइजेरियाको बेनु राज्यमा बन्दुकधारीको आक्रमण, कम्तीमा १८ जनाको मृत्यु
-
सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतङ्क बढ्यो : निश्कल राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण