गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना : तत्कालीन प्रशासकीय अधिकृत र ठेकदार दोषी ठहर
सारांश
- विशेष अदालतले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत दीपककुमार आचार्य र आरके कन्ट्रक्सनका प्रोपाइटर सुवास कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी सजाय सुनाएको छ ।
- उनीहरूलाई डेढ/डेढ वर्ष कैद र जनही सात लाख ४८ हजार एक सय ६६ रुपैयाँ जरिवाना सुनाइएको छ ।
- आर्थिक वर्ष ०७८/७९ मा कर्णाली नदी र लोहरे खोला क्षेत्रको गिट्टी, बालुवा, ढुङ्गा तथा ग्राबेल उत्खनन, सङ्कलन र बिक्री-वितरणको ठेक्कामा २२ लाख ४४ हजार पाँच सय हिनामिना गरेको अभियोगमा यो फैसला भएको हो ।
काठमाडौँ। विशेष अदालतले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र ठेकदारलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले साेमबार दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत दीपककुमार आचार्य र आरके कन्ट्रक्सनका प्रोपाइटर सुवास कार्कीलाई दोषी ठहर गरी सजाय सुनाएको हो । दुवै जनालाई डेढ/डेढ वर्ष र कम्पनीसहित गरेर जनही सात लाख ४८ हजार एक सय ६६ रुपैयाँका दरले जरिवाना सुनाएको छ।
आर्थिक वर्ष ०७८/७९ मा कर्णाली नदी र लोहरे खोला क्षेत्रबाट गिट्टी, बालुवा, ढुङ्गा तथा ग्राबेल उत्खनन, सङ्कलन र बिक्री-वितरणको ठेक्कामा २२ लाख ४४ हजार पाँच सय हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ३० चैतमा दायर गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो ।
सो कम्पनीलाई ३० लाख ५० हजारमा ठेक्का दिएकामा कम्पनीले १२ लाख २ हजार मात्र दाखिला गरेको थियो । बाँकी रकम दाखिला गराउन प्रशासकीय अधिकृतले कुनै पहल नगरेको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
-
१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण