गगने खोलामा सडक पुनः अवरूद्ध
सोमबार, २९ असार २०८३, १६ : ०५
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो जाँदा यातायात सेवा पुनः अवरुद्ध भएको छ।
साेमबार बिहानदेखि गगने खोलामा लेदोसहितको पहिरो आएकाले पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अहिले सडक डिभिजन कार्यालयको सहयोगमा एक्साभेटर लगाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी जनक शर्माले जानकारी दिए।
“पानी पर्दा साथ गगने खोलामा पटक–पटक पहिरो जाने गरेको छ”, उनले भने, “अवरुद्ध रहेको सडक अहिले एक्साभेटरद्वारा खुलाउने काम जारी छ।” गगने खोलामा प्रत्येक वर्ष सामान्य पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने गरेको छ। शुक्रबार पनि गगने खोलामा लेदोसहितको पहिरो आएका कारणले अवरुद्ध भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
-
युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित
-
कांग्रेस सचेतक राईको प्रश्न – 'श्री ८' बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?
-
सेयर बजार निरन्तर ओरालो, धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता
-
चार शीर्ष टोलीको सेमिफाइनल यात्रा नयाँ 'ड्र' प्रणालीकै कारण हो ? किन लाग्यो यस्तो आरोप ?
-
सरकार भन्छ, ‘पर्याप्त मल छ’, किसान भन्छन्– हामीले पाएनौँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण