किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
मङ्गलबार, ३० असार २०८३, ०९ : २४
सारांश
- कैलालीको अत्तरीयामा होटलमा राखी १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा बैतडीका २० वर्षीय राजेश धामी पक्राउ परेका छन्।
- धामीले असार २४ गते किशोरीलाई घरबाट अत्तरिया बोलाएर होटलमा राखी करणी गरेको उजुरी परेको थियो।
- प्रहरीले धामीलाई धनगढीबाट पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
धनगढी । कैलालीको अत्तरीयामा होटलमा राखेर किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्।
१४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीका युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–१ बस्ने २० वर्षीय राजेश धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
धामीले २४ असारमा ती किशोरीलाई घरबाट अत्तरिया बोलाई एक होटलमा राखेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि उनलाई पक्राउ गरिएको डीएसपी तिमिल्सिनाले बताए। धामीलाई सोमबार धनगढी उपमहानगरपालिका–८ को क्याम्पस चोकबाट पक्राउ गरिएको थियो। उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइमा भ्रष्टाचारको आशंका : फाइल मगाएर छानबिन गर्न सांसदहरूको माग
-
त्रिविका आंगिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
-
बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री बोलेनन् : आरेन राई
-
बैंककको बारमा आगलागी, मृत्यु हुनेको संख्या ३० पुग्यो
-
मल्लको अभिव्यक्तिप्रति ज्वाला संग्रौलाको नियमापत्ति
-
सर्वोच्चको आदेश अवज्ञा गरेको भन्दै सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यविरुद्ध अवहेलना मुद्दा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण