मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता

मङ्गलबार, ३० असार २०८३, १० : ५२
मङ्गलबार, ३० असार २०८३

सारांश

  • मकवानपुरको इन्द्रसरोबर स्थित सिमखोलाले बगाएको स्कुटर फेला परेको छ ।
  • सोमबार दिउँसो काठमाडौँबाट हेटौँडा जाँदै गरेको स्कुटर कुलेखानी ड्याम नजिकैको सिमखोलामा आएको बाढीले बगाएको थियो ।
  • स्कुटर फेला परे पनि चालक भने अझै बेपत्ता छन् ।

मकवानपुर । मकवानपुरको इन्द्रसरोबर स्थित सिमखोलाले बगाएको स्कुटर फेला परेको छ । सोमबार दिउँसो काठमाडौँबाट हेटौँडा तर्फ आउने क्रममा कुलेखानी ड्याम मुनिको सिमखोलाको बानढीले बगाएर हराएको उक्त स्कुटर फेला परेको हो । 

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भीमफेदी कुलेखानी काठमाडौँ मार्ग अन्तर्गत इन्द्रसरोबर–२ मा अवस्थित सिमाखोलाको लच्कामा आएको बाढीको उच्च बहावले स्कुटर बगाएको थियो ।

सडकबाट करिब २०० मिटर मुनि खोलामा बिहान १० बजेको समयमा स्कुटर फेला परेको प्रहरीले जनाएको छ । 

बा.प्र. ०२–०३२ च ८०५४ नम्बरको होण्डाको एभीएटर स्कुटर पेला परेर निकालिएको छ । उक्त स्कुटर चालक भने अझै बेपत्ता रहेका छन् । स्कुटर कसको नाममा छ भन्ने बारे बुझ्ने काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप