सञ्चारमाध्यमको गेटमा शङ्कास्पद पार्किङ गरिएका गाडी कसका हुन् ?
सारांश
- प्रहरीले कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएका गाडीहरूको अनुसन्धान गरिरहेको छ ।
- अनलाइन खबरको गेटमा भेटिएको कार सुनिल पौडेलको नाममा रहेको र ठेगाना काठमाडौँ उल्लेख छ ।
- कान्तिपुर पब्लिकेशनमा पार्किङ गरिएको जिप सानीमा बैंकको नाममा रहेको र हिमालय टेलिभिजनको गेटमा भेटिएको कार डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको खुलेको छ ।
काठमाडौँ । सञ्चारमाध्यमको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडीहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर राखेको गाडी ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको छ ।
अनलाइन खबरको गेटमा राखिएको बा.१२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको नाममा रहेको भेटिएको छ । यातायात व्यवस्था विभाग स्रोतका अनुसार पौडेलको ठेगाना काठमाडौँ उल्लेख छ ।
कान्तिपुर पब्लिकेशनमा पार्किङ गरिएको बा.प्रदेश–०१–०३४ च ८४८० नम्बरको जिप सानीमा बैंकको नाममा देखिएको छ । बैंकबाट ऋण लिएर एसटी मोटर्सले सो गाडी प्रयोग गर्दै आएको भेटिएको छ ।
हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर छाडिएको बा.१० च १२५५ नम्बरको कार डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको भेटिएको यातायात व्यवस्था विभागका एक जना अधिकृतले बताए । सो अटो मोटिभ्सको ठेगाना धुम्बाराही काठमाडौँ उल्लेख छ ।
यसैगरी अनामनगरस्थित भाटभटेनी सुपर मार्केट अगाडि ०३३ च ४२७५ नम्बरको हुण्डाई क्रेटा गाडी शङ्कास्पद तरिकाले पार्किङ गरेर छाडेको भेटिएको छ । सो गाडी धनीको पहिचान खुलेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लालीबजार’ को धेरै आम्दानी, अरु फिल्मले कति कमाए ?
-
गगन थापाको घर अगाडि पार्किङ गरिएको गाडी कसको हो ?
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न थप तीन दिनको अनुमति
-
विश्वकप फाइनल खेलाइने मैदानको घाँसका टुक्रा बिक्री गर्दैछ फिफा
-
कुन सहकारीका बचतकर्ताले कति रकम फिर्ता पाउँदैछन् ?
-
पशुपति आर्यघाटमा गणेश नेपालीको अन्त्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण