गगन थापाको घर अगाडि पार्किङ गरिएको गाडी कसको हो ?
सारांश
- प्रहरीले नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि शंकास्पद रूपमा पार्किङ गरिएको बा. २० च ६५६४ नम्बरको गाडीबारे अनुसन्धान गरिरहेको छ ।
- सो गाडी बाबा विश्वकर्मा ट्रेडर्सको नाममा रहेको भेटिएको छ, तर अहिलेसम्म कसैले पनि आफ्नो गाडी भन्दै सम्पर्क नगरेको प्रहरीले जनाएको छ ।
- यसअघि कान्तिपुर पब्लिकेसन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पनि शंकास्पद पार्किङ गरिएका गाडी प्रहरीले हटाएको थियो ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि शङ्कास्पद रूपमा पार्किङ गरेर छाडिएको गाडीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सोमबार बिहान रातोपुलस्थित थापाको निवासको गेटमा बिएसी ९५७५ नम्बरको गाडी पार्किङ गरेर राखेको भेटिएको थियो। सो गाडी ट्राफिक प्रहरीले क्रेनको प्रयोग गरेर हटाएको छ ।
त्यो इम्बोस्ड नम्बर हो । पुरानो नम्बर बा.२० च ६५६४ बाट परिवर्तन गरेर इम्बोस्ड जडान गरेको भेटिएको छ।
थापाको घरको गेटमा पार्किङ गरेर छाडेको गाडी बाबा विश्वकर्मा ट्रेडर्सको नाममा रहेको भेटिएको यातायात व्यवस्था विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए । सो गाडी आफ्नो भएको भन्दै अहिलेसम्म कसैले पनि सम्पर्क नगरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरू बताउँछन्।
सोमबार नै सञ्चारमाध्यमको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडीहरू प्रहरीले हटाएको छ। कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा शङ्कास्पद रूपमा लामो समयसम्म पार्किङ गरेर गाडी छाडेपछि त्यसबारे चासो बढेको थियो।
ती गाडी कसले र किन राखे भन्ने विषयमा अहिलेसम्म केही खुलेको छैन। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण