सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

सोमबार, २९ असार २०८३, १५ : १८
सोमबार, २९ असार २०८३

सारांश

  • कालिकोटमा पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर साउन रहेका छन् ।
  • भुवारिपाटामा रहेको पानी घट्टमा पिठो पिस्न गएका उनीहरूलाई एक्कासि पहिरो आएर पुरिदिएको थियो ।

कालिकोट । कालिकोटमा पानी घट्नमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६, का लालबहादुर साउद र मन्दिर साउन रहेका छन् ।

सान्नीत्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहका अनुसार सोही वडाको भुवारिपाटा भन्ने ठाउँमा रहेको पानी घटना उनीहरू सोमबार पिठो पिस्न गएका थिए ।

एक्कासि माथिबाट पहिरो आएर घट्टसहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीय र मेहलमुडी प्रहरी चौकीको टोली पुगेर उद्धारमा खटिएको पनि सिंहले बताइन् ।

घटनाबारे थप विवरण भने आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप