संसद् विघटन गर्ने इमरान खानको प्रस्ताव राष्ट्रपतिद्वारा स्वीकृत
पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको प्रस्तावमा राष्ट्रिय सभा विघटनलाई अनुमोदन गरेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको संविधानको धारा ५८(१) अन्तर्गत राष्ट्रिय सभा भंग गर्ने सिफारिसलाई स्वीकार गरेका हुन् ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतबार देशलाई सम्बोधन गर्दै आफूले राष्ट्रपति आरिफ अल्वीलाई संसद् भंग गर्न सिफारिस गरेको र जनताले अब चुनावको तयारी गर्नुपर्ने बताएका थिए । राष्ट्रियसभामा आफूविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका थिए ।
आइतबार उक्त प्रस्तावमा मतदान हुनुअघि संसद्का उपसभामुख कासिम सुरीले यसलाई असंवैधानिक भन्दै खारेज गरेका थिए । उनले अविश्वासको प्रस्तावलाई संविधानको धारा ५ को उल्लङ्घन भएको जिकिर गरेका थिए ।
यसपछि देशलाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले भने, ‘देशका जनताले चुनावको तयारी गर्नुपर्छ । यो देशको भविष्य तय गर्ने अधिकार अरू कसैलाई छैन, अब यहाँका जनताले यसको निर्णय गर्नेछन्।’
‘आज अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ, यसका लागि म सबैलाई बधाई दिन्छु । कसैले आत्तिनु पर्दैन,’ उनले थपे, ‘आज जसरी उपसभामुखले आफ्नो संवैधानिक शक्ति प्रयोग गरेर निर्णय लिए, त्यसपछि मैले संसद् विघटन गर्ने निर्णय राष्ट्रपतिलाई बुझाएको छु ।’
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण