काँग्रेस मकवानपुरको कोषाध्यक्षमा गौतम, कार्यसम्पादन र संसदीय समिति गठन
नेपाली काँग्रेस मकवानपुरको कोषाध्यक्षमा होमनाथ गौतम मनोनित भएका छन् । आइतबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको दोश्रो बैठकले गौतमलाई कोषाध्यक्षमा मनोनित गर्नुको साथै कार्यसम्पादन समिति, संसदीय समिति र दुईवटा विभागको संयोजक मनोनित गरेको हो ।
बैठकले १३ सदस्यीय जिल्ला संसदीय समिति गठन गरेको छ । संसदीय समितिको सदस्यहरूमा सभापति बुद्ध लामा, उपसभापतिद्वय आनन्द कठायत, धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत, ईश्वर पाठक, सह–सचिवद्वय इन्दिरा न्यौपाने, ताराचन्द्र बजगाईँ, कोषाध्यक्ष होमनाथ गौतम, प्रभातकुमार दाहाल, आनन्दराम पराजुली, रामबाबु बानियाँ, गोपीलाल विश्वकर्मा र खेमबहादुर प्रजा रहेका छन् ।
त्यस्तै बैठकले ८ पदाधिकारीसहित २८ सदस्यीय जिल्ला कार्यसम्पादन समिति मनोनित गरेको छ । समितिको सदस्यहरुमा प्रभातकुमार दाहाल, आनन्दराम पराजुली, गोपीलाल विश्वकर्मा, रामबाबु बानियाँ, अर्जुन तिवारी, मोमलाल दोङ, अर्जुनप्रसाद चौलागाई, ताराकुमारी राई कार्की रहेका छन् । त्यस्तै कालु घलान, भुवनलाल श्रेष्ठ, शर्मिला श्रेष्ठ, इन्द्रकुमार बर्तौला, डम्बरबहादुर विक, खेमबहादुर प्रजा, प्रमिला खतिवडा, राजकुमार गोले, सोममाया मोक्तान, कृति ग्लान, गोपी बल लामा र नवराज लामा मनोनित भएका छन् ।
त्यस्तै बैठकले संगठन र युवा तथा खेलकुद विभाग गठन गरेको छ । संगठन विभागमा शैलेन्द्रराज बानियाँ युवा तथा खेलकुद विभागमा अर्जुन तिवारीलाई मनोनित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण