शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

धनुषामा अधिकांश स्थानीय तहमा एमालेले जित्ने महासेठको दावी

आइतबार, २० चैत २०७८, २१ : १५
आइतबार, २० चैत २०७८

नेकपा एमालेका सचिव रघुवीर महासेठले धनुषाको १८ वटा स्थानीय तह मध्ये अधिकांश स्थानमा एमालेको विजयी सुनिश्चित रहेको दाबी गरेका छन् ।

आइतबार जनकपुरधाममा नेकपा एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनबाट नवगठित पदाधिकारीसहितको कार्यसमिति सदस्यहरुको घोषणा तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका सचिव महासेठले १८ वटा मध्ये अधिकांश स्थानीय तहमा एमालेले जित हात पार्ने दावी गरेका हुन् ।

उनले पालिका कमिटीले वडाको सिफारिसमा करिब पाँचजना महिलासहितको नाम पालिका प्रमुख तथा उपप्रमुखको नाम बैठक बसेर पालिकालाई सिफारिस गर्नुपर्ने र पालिकाले जिल्लालाई यही २६ देखि २८ गतेसम्ममा प्रदेश कमिटीलाई सिफारिस गर्न निर्देशन दिए ।

उनले भने, ‘पार्टी विधानप्रक्रिया अनुसार नै वडा कमिटीले पालिका कमिटी, सो कमिटीले क्षेत्रीय कमिटी, र सो कमिटीलाई जिल्ला कमिटी र सो कमिटीले प्रदेश र प्रदेश कमिटीले केन्द्रलाई न्यूनतम पाँच जना प्रत्यासी उम्मेदवारको नाम छनोट गरि पठाउनुपर्ने हुन्छ ।’ केन्द्रिय सचिव महासेठले भने, ‘केन्द्रिय सर्कुलर अनुसार यही २६,२७ र २८ सम्ममा जिल्ला पार्टीमा पालिका कमिटीले निर्णय बुझाउनुपर्ने, जिल्लाले प्रदेशलाई र प्रदेशले केन्द्रलाई सिफारिस पत्र बुझाउने छ । सो नामावल मध्ये कुनै एक जनाको नामको टुंगो केन्द्रिय कमिटीबाटै नै हुनेहुनाले कुनै किसिमको विवाद नराखी एकढिक्का भएर पार्टी कमिटीका सदस्यलाई आग्रह छ ।’

नयाँ जिल्ला कार्य समितिका अध्यक्ष राजकिशोर यादव, उपाध्यक्ष भोला यादव, सचिव तेजनारायण यादव, उपसचिव श्याम पूर्वे, उपसचिव तारा बस्नेत लामा र सदस्यहरु शारदा लामा, उर्मिला पासमान, निलु देवी कापर, जितकुमार यादव, रामदेव यादव, राजेश्वर मण्डललगायत १३५ जना सदस्यीय समितिलाई सचिव महासेठले सपथ ग्रहण गराउँदै पार्टीभित्रका तिक्तता अन्त्य गर्दै एक ढिक्का भई अघि बढ्न निर्देशन दिएका थिए ।

राजकिशोर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतो, एमाले धनुषाका इन्चार्ज रामचन्द्र मण्डल, फरमुद नदाफलगायतका नेताहरुले स्वागतसहितको शुभकामना दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप