अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा बौद्धबाट १६ जना पक्राउ
सोमबार, २१ चैत २०७८, १२ : ११
अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा बौद्धबाट १६ जना पक्राउ परेका छन् । बौद्ध प्लाटिङस्थित खाजा घरमा अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक घर भइ कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट प्रहरी खटिएको थियो । प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण