मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समर्थकहरूको हौसला विना यो उपाधि सम्भव थिएन : सन्दीप

सोमबार, २१ चैत २०७८, १७ : ५२
सोमबार, २१ चैत २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले समर्थकको साथले नै उपाधि जित्न सहयोग गरेको बताएका छन् । नेपालले सोमबार त्रिदेशीय शृंखला अन्तर्गत नेपाले फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग जित निकाल्दै उपाधि आफ्नो पक्षमा परेको थियो । 

उपाधि जितेपछि पत्रकारहरुसँग कुराकानी गर्दै सन्दीपले समर्थकहरूको साथ र हौसलाले उपाधि जित्न सहयोग गरेको बताए ।  ‘समर्थकहरूले फाइनल खेलसम्म नै हामीलाई था दिनुभयो । उहाँहरुको साथ र हौसलाले नै उपाधि जित्नमा हामीलाई धेरै सहयोग गर्यो । आगामी दिनमा पनि समर्थकहरूको साथ यसरी नै पाएमा हामीले अझै सफलता हात पार्ने छौं,’ सन्दीपले भने । 

सन्दीपले आफ्नो कप्तानीमा पहिलो उपाधि जित्दा धेरै खुसी भएको बताएका छन् । घरेलु मैदानमा सन्दीपको कप्तानीमा नेपालले पहिलो उपाधि जितेको हो ।  ‘जिम्मेवारी सबै महत्वपूर्ण नै हुन्छ । टिमको लागि खेल्दा कप्तानसँगै धेरै जिम्मेवार खेलाडीको भूमिका पनि उत्तिकै हुन्छ । त्यो भूमिकामा सफल भएको छु । टिमका साथीहरूबाट पनि पूर्ण सहयोग पाएको छु,’ सन्दीपले भने । 

सन्दीपले टिममा सबै खेलाडीले आफूलाई राम्रो सहयोग गरेको बताएका छन् । उनले टिममा कुनै समस्य परेपनि आफूसँग खेलाडीले सल्लाह माग्ने गरेको बताए । सबै टिमका साथीहरूबाट सहयोग भएको हुनाले नै यो उपाधि सम्भव भएको बताए । 
‘टिममा सबैले सहयोग गर्नुभएको छ । टिममा केही समस्य पर्दा पनि हामी मिलेर समाधान गर्छौ । सबैको राम्रो साथ र सहयोगले नै यो उपाधि सम्भव भएको हो,’ सन्दीपले भने । 

यता नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले टिममा नयाँ खेलाडीको उत्कृष्ट प्रदर्शन र अनुभवी खेलाडीको राम्रो लय देखेर खुसी लागेको बताए । उनले यूएई सिरिजका लागि पनि खेलाडी छनोटमा सहज हुने बताए । ‘दुबै सिरिजमा खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । विषेश गरि दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौड्याल र करण केसीको प्रदर्शनले थप उर्जा मिल्यो । नयाँ खेलाडी देभ खनाल र आदिल अन्सारीले पनि टिममा राम्रो योगदान दिए,’ पुबुदुले भने । 
पुबुदुले नयाँ खेलाडीहरूको आगमनले टिमलाई थप बलियो बनाएको बताएका छन् । उनले आगामी सिरिजका लागि खेलाडी छनोटमा झनै सहज हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप