ओली कम्युनिष्ट होइनन्, दक्षिणपन्थी हुन् : नेता खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नभएर दक्षिणपन्थी भएको आरोप लगाएका छन् । आइतबार दाङ्गको घोराहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले त्यस्तो आरोप लगाएका हुन् ।
ओलीले नेकपा एमालेलाई वैचारिक रुपमा विभाजित गर्दै दक्षिणपन्थीको बाटोमा अगाडि बढाएको आरोप लगाउँदै खनालले भने, ‘ओलीले एमालेलाई सुरुदेखि नै दक्षिणपन्थी अवरवादीसँग साँठगाँठ गरेर अघि बढ्न खोजेका थिए । त्यसैले हामीले विद्रोह गर्नु परेको हो ।’
उनले ओलीले नजिकिँदै गरेको स्थानीय तहको चुनावमा राप्रपा, सिके राउत, लोसपालगायत दक्षिणपन्थी शक्तिसँग तालमेल गरेर अघि बढ्न खोजेको टिप्पणी समेत गरे । त्यसका लागि ओलीले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा वार्ता अघि बढाएको नेता खनालको भनाइ थियो ।
दुई दुई पटक संसद विघटन जस्ता संविधान विरोधी कार्य गर्दै ओली नेपालको कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो वैचारिक बाधकका रुपमा खडा भएको नेता खनालको आरोप थियो ।
उनले पाँच दलीय गठबन्धनका रुपमा स्थानीय निर्वाचन अघि बढ्दै ओलीलाई पराजित गरी दक्षिणपन्थी अवसरवाद खतराको अन्त्य गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण