ठूला पार्टी नामले अलग भएपनि विचारले एकै हुुन् : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ३ ठूला दल नामले अलग भएपनि विचार र व्यवहारले अलग नभएको बताएका छन् । राप्रपाले भैरहवामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले बैदेशिक हस्तक्षेप भित्र्याउन ३ दल लागेको बताउदै हिंसामा विश्वास नगर्ने राप्रपाले यीनीहरुको बाकस खाली गरेर जनता बाटो भएको देखाउनु पर्ने ठिक समय आएको बताए ।
पर्खने र हेर्ने समय नभएको भन्दै उनले जनता सार्वभौम रहेकाले विवेकले काम गर्न सक्छ भनेर प्रमाणित गर्नु पर्ने बताए । उनले एमाले, माओवादी, काँग्रेसलाई भोट दिएर देश बन्छ भन्ने आशा गर्नु भनेको साँढेको अगाडि दुधको बाल्टी लिनु जस्तै भएको उनले बताए ।
ठूला भनिएका पार्टीको काम तीन दशकमा देखिसकेको बताउँदै उनले २–४ वटा घर र भ्युटावर देखाएर विकास गरेको प्रमाणित गर्न खोजेको बताए ।
समान्य आखाले देखे जस्तो देशको अवस्था नरहेको उनले बताए । 'गोली चलेको छैन, बन्द हडताल भएको छैन तर देशमा ३ वटै अंगले काम नगरेको अवस्था छ । सिटामोल पनि उपलब्ध गराउन नसक्ने अवस्थामा रहेका नेपालमा अदालतको आदेशमा सिटामोल दिनु पर्ने अवस्था छ' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण