मालिका गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख पाउने
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन दलले एउटा पालिकामा भागबण्डा गरेको छ । गुल्मीको मालिका गाउँपालिकामा माओवादी केन्द्रले नेतृत्व लिने मंगलबार गठबन्धनले सहमति गरेको हो । नेपाली काँग्रेसका नेता त्रैलोक्य प्रताव सेनले गठबन्धनको उम्मेदवार घोषणा गर्दै जिल्लाका १२ वटै पालिकामा गठबन्धनले विजय हाँसिल गर्ने बताए ।
कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य ज्ञानधकुमार बुढा, काँग्रेसका नेताहरु रेखाकुमार जिसी, उपेन्द्र अर्याल लगायतले मन्तव्य राखेका थिए । उक्त पालिकामा माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष देविराम अर्यालले अध्यक्ष पदको दावी गर्दै आएका छन् । अघिल्लो निर्वाचनमा उनले हार व्यहोरेका थिए । माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले आजदेखि गठबन्धनले पालिका बाँडफाँडको टुङ्गो लगाउन सुरु गरेको र छिटै अन्य पालिकाको पनि टुङ्गो लगाउने बताए ।
उनले मालिकामा नेता देविराम अर्याल पालिका अध्यक्षको उमेदवार हुने छलफल अगाडी बढेको तर अहिले नै टुङ्गो नलागेको सुनाए । उता अर्यालले भने आफू नै माओवादी केन्द्रबाट अध्यक्षको उमेदवार हुने बताए । अघिल्लो निर्वाचनमा एमालेका रितबहादुर थापा ४ हजार ४२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए । काँग्रेसका ज्ञानबहादुर कार्कीले ३ हजार ४७४ मत ल्याएका थिए । माओवादी केन्द्रका अर्यालले २०४० मत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण