बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चक्कु प्रहार गरी इरानी इस्लाम धर्मगुरुको हत्या

मङ्गलबार, २२ चैत २०७८, २२ : ०८
मङ्गलबार, २२ चैत २०७८

आक्रमणकारीले मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको यहाँको प्रहरीले पुष्टि गरेको छ ।

उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको बताइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलीभिजनले उल्लेख गरेको छ । 

खोरासन रजावी प्रान्तका गभर्नर याग्होब–अली नाजारीले इरानी टेलीभिजनसँग भने, “एक व्यक्तिले तीन जना शिया धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको छ । घटनामा अरु दुई जना घाइते भएका छन् ।  आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप