पाँच दिनदेखि उठेन फोहोर, सरकार लाचार
सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण पाँच दिनदेखि फेरि उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ। ठेकेदारले मुद्ध-तीनपिप्ले खण्डको बाटो कालोपत्रे नगरेका कारण स्थानीयले फोहोर व्यवस्थापन ठप्प पारेका हुन्। पाँच दिनदेखि फोहोर उठ्न नसकेपछि हिजो मंगलबार र्यापिड एक्सन टास्क फोर्सको बैठक बसेको थियो। काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ पौडेल संयोजक रहेको टास्क फोर्सको बैठकले तत्काल स्थानीयको माग सम्बोधन गर्न ठेकेदारलाई कालोपत्रे गर्न निर्देशन दिने निर्णय गरेको छ।
बैठकमा बोल्दै कार्यकारी अधिकृत पौडेलले दिनभर कालोपत्रे गरी रातिबाट फोहोर व्यवस्थापन गर्ने व्यवस्था मिलाउन प्रहरीलाई आग्रह गरिने बताउनुभयो। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका सिसडोल इन्चार्ज रविन प्यासीले स्थानीयसँग छलफल भइरहेको बताए। उनले भने- ‘मंगलबारबाट कालोपत्रे गर्ने सामान ल्याउन थालेको छ। सायद आजबाट लगातार काम हुनेछ।' आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी
-
यस्ता छन् मौद्रिक नीतिका मुख्य मुख्य व्यवस्था
-
अर्जेन्टिनालाई लगातार उपाधि दाबेदार बनाउने गोलकिपर मार्टिनेज
-
आगामी वर्ष प्रणालीमा थपिँदै १०४० मेगावाट बिजुली, ४६ अर्ब प्रसारण लाइनमा खर्च हुने
-
विद्युतमा कर बढाउँदा आलोचना भएपछि ऊर्जामन्त्रीको प्रष्टीकरण, ‘जनतालाई थप आर्थिक भार नपार्न अर्थ मन्त्रालयलाई भनेको छु’
-
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ८ सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण