मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

पार्टी समायोजनमा जुट्यो जसपा नेपाल, अध्यक्ष यादवले शीर्ष नेताहरूलाई बोलाए

मङ्गलबार, २३ असार २०८३, १५ : ४१
मङ्गलबार, २३ असार २०८३

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच एकता भएको लामो समयपछि समायोजनको कार्य सुरु भएको छ ।
  • पार्टी समायोजनका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शीर्ष नेताहरूलाई काठमाडौँ बोलाएका छन् ।
  • समायोजन नहुँदा नेता कार्यकर्ता अन्योलमा परेकाले र केही असन्तुष्ट नेताहरूले अन्य सङ्गठन बनाउनेतिर लाग्न थालेपछि पार्टी समायोजनको पहल सुरु भएको हो ।

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच एकता भएको लामो समयपछि समायोजनको कार्य सुरु भएको छ । 

दुई पार्टीबिच एकता भएर जनता समाजवादी पार्टी नेपाल बनेको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी समायोजनका लागि शीर्ष नेताहरुलाई काठमाडौँ बोलाएका छन्। 

जसपा नेपाल र लोसपाबिच एकीकरण भएपनि हालसम्म कुनै पनि सङ्गठनको समायोजन भएको छैन । समायोजन नभएको  कारण पार्टीका नेता तथा कार्यकर्ताहरू अन्योलमा छन् । उनीहरू अन्य अन्य पार्टी रोज्न थालेका छन्।

कतिपय नेता असन्तुष्ट भएर अन्य अन्य सङ्गठन बनाउनेतिर लाग्न थालेपछि पार्टीको समायोजन गर्न लागिएको हो । यसका लागि अध्यक्ष यादवले अनौपचारिक रूपमा वान टु वान र समूहगत रूपमा छलफल गरिरहेको एक नेताले बताए । 

हाल दुवै पार्टीबाट मिलाएर ५२ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ। त्यसमा अध्यक्ष उपेन्द्र यादव रहेका छन् महन्थ ठाकुर संरक्षक छन्। 

जसपा नेपालका नेता डा.सुरेन्द्र झा पार्टीका विभिन्न सङ्गठनको समायोजन कार्य सुरु भएको बताउँछन्। उनले मापदण्ड बनाएर समायोजनका काम अगाडि बढाइएको उल्लेख गरे।

जसपा नेपालका अध्यक्ष यादवलाई समायोजनको जिम्मेवारी दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप