करेन्ट लागेर बारामा एक किसानको मृत्यु
बुधबार, २३ चैत २०७८, ११ : १०
बाराको सिम्रौनगढ नगरपालिका ५ स्थित ईटवालमा करेन्ट लागेर मंगलवार राति एक किसानको मृत्यु भएको छ । मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर स्थानीय ६५ वर्षिय जनक राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
करेन्ट लागेर गम्भिर घाइते भएका राउतलाई स्थानीयले उद्धार गरी सिम्रौनगढ नगर अस्पतालमा पु¥याएका थिए । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा पुर्या‍इएको थियो ।
कलैया अस्पतालमै उपचारको क्रममा राउतको राती करीब पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परिक्षण पछि अन्तिम संस्कारको लागी जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मोटरबाट खेतमा पानी हाल्ने क्रममा सावधानी नअपनाउँदा बारामा करेन्ट लागेर ज्यान गुमाउने घटना बढदै गएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बनेर पोखरा बसपार्कमा बस्दै आएका २३३ परिवारको अन्यत्र पनि भेटियो जग्गा
-
छानबिन आयोगको वैधानिकताबारे प्रश्न उठाउँदै दायर रिटमा सुनुवाइ हुँदै
-
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
-
कलङ्की र नयाँ बसपार्क क्षेत्रबाट ६० जना बिचौलिया पक्राउ
-
बर्ड फ्लुका कारण व्यवसाय नै डुब्यो
-
विद्युत् सेवाको विद्यमान अवस्था र वितरण प्रणालीको अवस्था बुझ्न ऊर्जामन्त्रीको भर्चुअल संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण