५ देखि ११ वर्ष सम्मका बालबालिकाले कहिले पाउँछन् कोभिड–१९ विरुद्धको खोप ?
सरकारले ५ देखि ११ वर्ष सम्मका बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप अझै खरिद प्रक्रिया रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकाको खोप खरिद प्रक्रियामै रहेको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको बताए । उनले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको र फाइल स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको जानकारी दिए ।
१२ वर्षमाथिका सबै उमेर समूहले खोप दिइरहँदा ५ देखि ११ वर्षसम्मका बालबालिकाले भने खोप लगाउन पाएका छैनन् । मन्त्रालयका उच्च अधिकारीहरुले वैशाखदेखि जेठभित्र बालबालिकालाई खोप दिइने बताउँदै आएका छन् ।
सरकारले खोप खरिद प्रक्रिया जारी रहेको बताइरहँदा बालबालिकाले कहिलेसम्म खोप पाउँछन् भन्ने निश्चित भएको छैन । ५ देखि ११ वर्षसम्मका बालबालिकालाई ८४ लाख मात्रा खोप आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण