अब ट्वीट सम्पादन गर्न सकिने, ट्वीटरले दियो जानकारी
बुधबार, २३ चैत २०७८, १५ : ४२
‘एडिट बटन’मा काम भइरहेको ट्वीटरले पुष्टि गरेको छ । यो सुविधापछि पोष्ट भइसकेको ट्वीटलाई प्रयोगकर्ताहरूले चाहनाअनुसार सम्पादन अर्थात ‘एउडट’ गर्न सक्नेछन् । टेस्लाका प्रमुख एलोन मस्क नयाँ सञ्चालक समितिमा आएपछि उनले आफ्ना फलोअर्सहरुलाई ट्वीटरको पोलमा यो नयाँ फिचर आवश्यक भए वा नभएको सोधेका थिए । धेरै प्रयोगकर्ताले एडिट बटनका लागि आग्रह गर्दै आएका छन् ।
ट्वीटरले यो नयाँ फिचरलाई आगामी महिनाहरुमा परीक्षण सुरु गर्ने जनाएको छ । ट्वीटरले भनेको छ,‘सबैले सोधिरहेका छन्, हो हामीले गत वर्ष देखिनै एडिट फिचरका लागि काम गरिरहेका छौ ।’ ‘हामीले यो विचार सर्वेक्षणबाट प्राप्त गरेका होइनौ,’ उसले थपेको छ, ‘हामीले आगामी महिनाहरुमा हुने गरी परीक्षण सुरु गरिरहेका छौ, सम्भव के हुँदैन र ?’’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण