बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

गुल्मीमा सबै स्थानीय तह जित्ने गठबन्धनको दाबी, केन्द्रमा रिपोर्ट प्रेषित

बुधबार, २३ चैत २०७८, २२ : ०१
बुधबार, २३ चैत २०७८

गुल्मीमा सत्ता गठबन्धन दलहरुले केन्द्रीय गठबन्धनलाई जिल्लाका १२ वटै पालिकामा जित हाँसिल गर्ने दाबीसहितको रिपोर्ट पठाएका छन् ।  ‘केन्द्रले २२ गते भित्र जिल्लाका विभिन्न राजनैतिक दलको सांगठनिक अवस्था , मत भारको अवस्था , आंकलन, अनुमान र विश्लेषण सहितको रिर्पोट पठाउन निर्देशन दिएको थियो,  हामीले हिजो चैत्र २३ गते मात्रै उक्त रिपोर्ट पठायौं’,  माओवादी केन्द्र  गुल्मीका अध्यक्ष तथा गठबन्धनका प्रवक्ता बुद्धि जिसीले भने,‘ हामीले पठाएको रिर्पोटमा १२ वटै पालिका गठबन्धनले जित्ने आँकलन छ ।’

उनका अनुसार १२ मध्ये नेकपा माओवादी केन्द्रले चार वटा पालिका प्रमुख  पाउने सहमति भएको छ । अहिले ८ वटा पालिका कांग्रेसमा रहे पनि अन्य दलहरूलाई पनि मिलाएर लैजाने भुमिका कांग्रेससँग रहने छ ।

 स्रोतका अनुसार मालिका गाउँपालिका ,धुर्कोट, रुरुक्षेत्र  र चन्द्रकोट गाउँपालिकाको प्रमुख पद माओवादी केन्द्रले पाउने भएका छन् ।  तर धुर्कोटमा  यस अघि माओवादी केन्द्रका भुपाल पोखरेललाई प्रमुखमा जिताउन कांग्रेसले सहयोग गरेको भन्दै स्थानीय कांग्रेसजनले यसपाली कांग्रेसले प्रमुख पद पाउनु पर्ने  अडान लिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप