जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा हतियार बुझाउन आग्रह
जिल्ला प्रशासन कार्यालय बाँकेले इजाजत लिएका हतियार बुझाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गर्न भन्दै केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयानुसार हतियार चैत मसान्तभित्र बुझाउन सूचना जारी भएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा निर्धारित समयभित्र हतियार नबुझाए खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने उल्लेख छ । इजाजतप्राप्त हतियार जिल्ला प्रहरी कार्यालय तथा आ–आफ्नो नजिकको प्रहरी एकाइमा सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि फिर्ता दिइने समेत जनाइएको छ ।
सहायक प्रजिअ अधिकारीले बाँकेमा ५५५ जनाले इजाजतप्राप्त हतियार राख्ने अनुमति लिएको उल्लेख गरे । त्यसमा बारबोर, बाइसबोर, एकनाले, दुईनाले भरुवा बन्दुक र केही पेस्तोल रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण