बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

एमाले मुसिकोटले छान्यो जीवन खरेललाई उम्मेदवार

बिहीबार, २४ चैत २०७८, २१ : १३
बिहीबार, २४ चैत २०७८

नेकपा एमाले गुल्मीको मुसिकोट नगर कमिटीले पुराना नेता जीवन खरेललाई नगर प्रमुख पदको उम्मेदवारको रुपमा खडा गरेको छ । बिहीवार बसेको नगर कमिटीको बैठकले नेता खरेललाई सर्वसम्मत उमेदवार चयन गरी जिल्लामा सिफारिस पठाउने निर्णय गरिएको नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले बताए ।

त्यस्तै उपमेयरमा कमला शर्मा, सीता भुसाल र गङ्गा श्रेष्ठको नाम सिफारिस गरिएको बैठकमा सहभागी एक नेताले बताए । अघिल्लो निर्वाचनमा एमाले कै नेता सोमनाथ सापकोटाले नगर प्रमुख जितेका थिए । त्यतिबेला प्रमुख तीन पार्टी एक्ला एक्लै लड्दा खासै ठूलो अन्तरले नजितेको एमाले विरुद्ध अहिले सत्ता गठबन्धन एक हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप