बन्द हुँदै कपिल शर्मा शो ? टिभीमा हुनेछ सिद्धूको फिर्ती ? किन भइरहेको छ चर्चा ?
टिभीमा नयाँ कमेडीको शोको घोषणा भएको छ । निर्माताले त्यहि च्यानलमा ‘इन्डियाज लाफ्टर च्यालेन्ज’ लिएर आइरहेका छन् जसका कपिल शर्माको शो प्रसारण हुने गर्छ । कपिल शर्माका लागि यो खतराको घण्टी हो भनेर धेरैले बताइरहेका छन । यी दुई शोबीच तगडा प्रतिस्पर्धा पनि देखिने सम्भावना छ । नयाँ शोको प्रोमो रिलिज भइसकेको छ ।
यसैबीच, कपिल शर्मा शो केही समयका लागि बन्द हुने पनि खबर सार्वजनिक भइरहेका छन् । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार कपिल शर्मा अमेरिकाको भ्रमणमा गइरहेको छन् त्यसैले कार्यक्रम सुट हुन नपाउने बताइएको छ । कपिल शर्माका प्रशंसकलाई यो खबरले थोरै दुःखी बनाएको पनि हुनसक्छ ।
जबदेखि इन्डियाज लाफ्टर च्यालेन्जको प्रोमो रिलिज भएको छ, तबदेखि प्रशंसकले शोमा नवजोत सिंह सिद्धूको फिर्ति त हुने होइन भनेर अनुमान गरिरहेका छन् । केही प्रशंसकले कपिलको शो साँच्चै नै बन्द हुन लागेको त होइन भनेर प्रश्न पनि गरिरहेका छन् । नयाँ शोमार्फत् नवजोत सिंह सिद्धू शोमा फिर्ता हुन लागेको अनुमान धेरैले गरेका छन् ।
प्रयोगकर्ताको प्रतिक्रियाः
एक प्रयोगकर्ताले लेखे, ‘कपिललाई कमेडी सर्कसकै कुनै सिजनले रिप्लेस गरिदिन्छ जस्तो मलाई लागेको थियो, तर यो पनि ठिक छ ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘अन्ततः ग्रेट इन्डियन लाफ्टर शो टिभीमा आउन तयार छ । सिद्धू पाजी फिर्ता हुँदैछन् ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘अब कपिलको पसल बन्द हुँदैछ ? ’
टाइम्स अफ इन्डियाको स्रोतका अनुसार कपिल शर्माको शो अचानक बन्द हुने छैन । कपिल शर्मा अमेरिका जानु अघि टिमले आफूलाई आवश्यक पर्ने सबै शोको सुटिङ समाप्त गर्ने पूरा तयारीमा लागेका छन् । उनको टिम ब्याकअप जम्मा गर्न लागिपरेका छन् । कपिल शर्मा यो टुरमा आफ्नो पूरा टिमसँग यात्रा गर्दैछन् । उनी प्रत्यक्ष दर्शकको अगाडि आफ्नो प्रस्तुती दिनेछन् ।
स्रोतले बताए अनुसार उनको समूहले एपिसोडको बैंक बनाउने कोसिसमा लागिपरेका छन् । जून र जुलाई महिनामा यो एपिसोड टेलिकास्ट गरिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण