बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कमल खत्रीको स्वरमा 'घर सम्हाल' गीत रिलिज

आइतबार, २७ चैत २०७८, १४ : १२
आइतबार, २७ चैत २०७८

गायक कमल खत्रीको स्वरमा 'घर सम्हाल' बोलको गीत रिलिज भएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशनमा बनेको भिडियोमा जीवन भण्डारी, प्रनिमा दाहाल र कमल देवकोटाको अभिनय रहेको छ ।

गरिबीको कारण घर छोडेर कमाउन हिँड्नुपरेको कथा गीतमा देखाइएको छ । 'समय बदलियो  तर परिस्थिती उही छ' भन्ने भावको यस गीतका शब्द कोमल प्याकुरेलले लेखेका हुन् भने जीवन भण्डारीले संगीत दिएका छन् । प्रकाश पाण्डेले छायांकन गरेको भिडियोका सम्पादक बिष्णु खड्का हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप