कारको ठक्करबाट सडकमा हिँडिरहेका तीन जनाको मृत्यु
बाँकेको नेपालगञ्जस्थित बिपी चोक नजिकै कारको ठक्करबाट तीन जना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज–११ बस्ने ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षीया अली अन्सारी र ५ वर्षकै कसिम इद्रिसी छन् । आइतबार राति उनीहरु सडकमा हिँडिरहेको अवस्थामा कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइतेहरूलाई कार चालकले शिक्षण अस्पताल नेपालगञ्ज पुर्याएका थिए । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले रातोपाटीलाई बताए ।
मृतकहरु मुस्लिम समुदायको भएकाले रोजा बसेकाले रातिमा सामान्य रुपमा हिँड्ने गर्छन् । सोही क्रममा उनीहरुलाई प्रदेश ३(०१(२३ च ८४८१ नम्बरको कारको ठक्कर दिएको थियो । कारका चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण