मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कारको ठक्करबाट सडकमा हिँडिरहेका तीन जनाको मृत्यु

सोमबार, २८ चैत २०७८, ०९ : ४९
सोमबार, २८ चैत २०७८

बाँकेको नेपालगञ्जस्थित बिपी चोक नजिकै कारको ठक्करबाट तीन जना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज–११ बस्ने ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षीया अली अन्सारी र ५ वर्षकै कसिम इद्रिसी छन् । आइतबार राति उनीहरु सडकमा हिँडिरहेको अवस्थामा कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइतेहरूलाई कार चालकले  शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याएका थिए । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले रातोपाटीलाई बताए । 

मृतकहरु मुस्लिम समुदायको भएकाले रोजा बसेकाले रातिमा सामान्य रुपमा हिँड्ने गर्छन् । सोही क्रममा उनीहरुलाई प्रदेश ३(०१(२३ च ८४८१ नम्बरको कारको ठक्कर दिएको थियो । कारका चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप