वैशाख ५ भित्र उम्मेदवार तय गर्न माओवादीको सर्कुलर
नेकपा माओवादी केन्द्रले वैशाख ५ गतेभित्र मातहतका कमिटीमा स्थानीय तह निर्वाचनमा लड्ने उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर जारी गरेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार सर्कुलरमार्फत सबै उम्मेदवारहरूको सिफारिस वैशाख ५ गते भित्र गरिसक्न निर्देशन दिएका हुन् ।
माओवादीले गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने पनि मातहतका कमिटीलाई सर्कुलर गरेको छ । केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा आफूखुसी निर्णय लिन पनि माओवादीले रोक लगाएको एक नेताले बताए । गठबन्धनकै दलहरूबीच स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने सर्कुलरमा भनिएको ती नेताको भनाइ छ ।
महानगर र उपमहानगरमा बढीमा ३ आकाङ्क्षी
त्यस्तै महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । सर्कुलर अनुसार प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने भनिएको एक नेताले जानकारी दिए । ‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम पार्टीका प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्ने भनेर सर्कुलरमा भनिएको छ’, ती नेताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण