बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सहरहरुको व्यवस्थापन गर्न सकिएको छैन : नेता खनाल

मङ्गलबार, २९ चैत २०७८, १४ : ३९
मङ्गलबार, २९ चैत २०७८

पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा सहरहरूको व्यवस्थापन गर्न नसकिएको बताएका छन् । मंगलबार सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै  नेता खनालले यस्तो बताएका हुन् ।

उनले बढ्दो सहरीकरणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बारेमा गम्भीर भएर सोच्ने बेला आएको पनि बताए । सम्मानित नेता खनालले अब सहर व्यवस्थित बनाउने नीति निर्माण गर्दा दीर्घकालीन रुपमा समस्या ननिम्त्याउने ढंगको ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिए । नेता खनालले नेपालका केही स्थानहरुमा पुराना सहरहरु लुकेर रहेको भन्दै तिनको अनुसन्धान र खोजी हुन आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप