सरकारको काम प्रभावकारी छैन : खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन्। रातोपाटीसँगको विशेष अन्तर्वार्तामा खनालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार चित्त बुझाउने स्थिति नभएको जिकिर गरे।
तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको ४२ महिने सरकारले जस्तै देउवा सरकारले केही गर्न नसकेको खनालले आरोप लगाए। ‘यो सरकारको काम प्रभावकारी छैन। कुनै तरिकाबाट चित्त बुझाउन सक्ने स्थिति छैन’ खनालले भने, ‘यो सरकार बनेपछि संविधान,संसदको रक्षा अर्थात त्यसलाई विघटित हुनबाट रोकियौँ । संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक व्यवस्थालाई जोगाउने काम भयो। राजनीतिक स्थिरतालाई कायम भयो। यसमा यो सरकारको सफलता छ।’ तर, अन्य विभिन्न क्षेत्रमा भने जस्तो खालको प्रगती गर्न नसकेको खनालले बताए।
संविधान निर्माणपछि जनताले आशा र अपेक्षा गरेका चाहना देउवा सरकारले पुरा गर्न नसकेको खनालले बताए। ‘हामीले भूमि सुधार, कृषि क्रान्ति, गरिबी उन्मुलन गर्न सक्छौ। देशमा हरित क्रान्ति विजुली क्रान्ति विविध क्रान्ति गर्न सक्छौ । देशका सबै पालिका र नेताहरुसम्म फैलने गरी सडक र पूर्वाधार निर्माण गर्न सक्छौ। देशमा रोजगारी सृजना गर्न सक्छौ’ खनालले भने, ‘तर,विदेश जाने युवाहरु रोक्न सकेका छैनौ। लाखौ युवाहरु विदेशिन बाध्य छन्।’ स्थानीय निर्वाचनपछि मन्त्रिपरिषद् हेरफेर हुन सक्ने खनालले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण