आगलागीमा चार वटा पसल जलेर नष्ट
मङ्गलबार, ०६ वैशाख २०७९, १० : ३५
विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ । विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको भएको छ ।
उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा आज बिहान २ बजे नियन्त्रणमा लिएको कार्यालयका फायरम्यान चौधरीले जानकारी दिए । आगो के कसरी लागेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताए । आगो नियन्त्रणका क्रममा कार्यालय तीन कर्मचारी घाइते भई स्थानीय म्याक्स अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण