बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बालयौन दुरुपयोग गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

मङ्गलबार, ०६ वैशाख २०७९, १४ : १९
मङ्गलबार, ०६ वैशाख २०७९

१५ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भएका २० वर्षीय कमल मगर रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

ती किशोरीलाई सुनकोशी गाउँपालिका–९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप