चितवन सभापतिलाई देउवाको निर्देशन : निर्णय सच्याउनुस्
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका चितवन जिल्ला सभापति राजेश्वर खनाललाई निर्णय सच्याउन निर्देशन दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर भरतपुर महानगरपालिका माओवादीलाई छोड्नुपर्ने अवस्था आएको भन्दै निर्णय सच्याउन निर्देशन दिएका हुन् ।
चितवन काँग्रेसले भरतपुर महानगरपालिकाको मेयर काँग्रेसले पाउनुपर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रका भागमा परेको छ । यद्यपि यसबारे औपचारिक निर्णय साँझ हुने देउवाले चितवन सभापति खनाललाई जानकारी गराएका थिए ।
सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का, बागमती प्रदेश काँग्रेस सभापति इन्द्रबहादुर बानियाँ र चितवन सभापति खनालसँग चितवन छोड्नुपर्ने अवस्था आएको सुनाएका थिए । खनालले रातोपाटीसँग भने, ‘सभापतिज्यूले निर्णय सच्याउनुपर्यो भन्नुभयो । मैले माथिको निर्णय भए तलको निर्णय आफै निष्क्रिय हुन्छ भनेँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण