एमालेले गण्डकी र लुम्बिनीका सांसदलाई स्थानीय निर्वाचनमा उम्मेदवार नबनाउने
सरकार परिवर्तनको सम्भावनालाई ख्याल गर्दै नेकपा एमालेले गण्डकी र लुम्बिनीका प्रदेश सांसदहरुलाई स्थानीय तहको उम्मेदवार नबनाउने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले ती प्रदेशका सांसदलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार नबनाउने रणनीति बनाएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
‘गण्डकीको हकमा अझै पनि सरकार फेरबदल हुनसक्ने सम्भावना रहेको छ । त्यसैले गण्डकीका प्रदेश सांसदहरुलाई स्थानीय तहको उम्मेदवारका रुपमा अघि सार्दैनौ । लुम्बिनी लगायत सम्भावना भएका स्थानमा पनि त्यो निर्णय गर्नसक्छौ’, गुरुङको भनाइ छ ।
एमालेले पोखरा महानगरपालिकाले मेयरमा सिफारिस गरेका १२ जनामध्ये दुई जना प्रदेशसभा सदस्य छन् । जसमा मेयरमा प्रदेशसभा सदस्य कृष्ण थापा र राजिव पहारीको नाम पनि छ । एमालेको यो निर्णयसँगै थापा र पहारीले मेयरको उम्मेदवार हुन नपाउने भएका छन् ।
साथै एमालेले महानगर र उपमहानगरपालिकाहरुमा सहमति गरेका राप्रपा नेपाल, परिवार दलबाहेक माओवादी केन्द्र र काँग्रेससँग पनि स्थानीय तहमा गठबन्धन गर्न सक्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण