बुटवलको उपमेयरमा नेकपा एसका चीनबहादुर गुरुङको नाम सिफारिस
शुक्रबार, ०९ वैशाख २०७९, १७ : ५८
नेकपा एकीकृत समाजवादीले बुटवलको उपमेयरको उम्मेदवारमा चीनबहादुर गुरुङलाई सिफारिस गरेको छ । गठबन्धन दलले भागबण्डा गर्दा बुटवलको मेयरमा काँग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादी पार्टीको भागमा परेको थियो । उपमेयरमा गुरुङको नाम सर्वसम्मत सिफारिस भएर आएपछि प्रदेशले केन्द्रमा पठाएको हो ।
गुरुङ समाजवादीका बुटवल नगर अध्यक्ष समेत हुन् । अघिल्लो निर्वाचनमा उनी बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए । गुरुङ यातायात मजदुर तथा व्यवसायी भलाई कोषका पूर्व अध्यक्षसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण