महालक्ष्मी विकास बैंकद्वारा रोड डिभाइडर हस्तान्तरण

महालक्ष्मी विकास बैंक लिमिटेडको महाराजगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगंजलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिदैं यस बैंकको महाराजगंज शाखाले महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगंजलाई ३० थानरोड डिभाइडर हस्तान्तरण गरेको हो ।
महानगरपालिकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोड डिभाइडर हस्तान्तरण गरिएको कुरा बैंकका महाराजगंज शाखाका प्रबन्धक पल्लभ श्रेष्ठले जानकारी गराए । कार्यक्रममा बोल्दै वृत्तका नायव निरिक्षक पुरुषोत्तम ढकालले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु महानगरभित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमोर्चाले भन्यो : सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो
-
मंगलबार संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी
-
कमल थापा पक्राउ पछि राजेन्द्र लिङ्देनले भने– रिहा नगरे आन्दोलन थप सशक्त बनाउँछौँ
-
यसरी पक्राउ परे कमल थापासहितका राजावादी, तस्बिरमा हेर्नुहोस्
-
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
-
कमल थापा पक्राउ