मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

एयर इन्डिया एक्सप्रेसद्वारा काठमाडौँ - बैंङ्लोर सिधा उडान

आइतबार, १८ जेठ २०८२, १४ : ४५
आइतबार, १८ जेठ २०८२

काठमाडौँ । एयर इन्डिया एक्सप्रेसले आइतबारदेखि काठमाडौँ - बैंङ्लोर सिधा उडान थालेको छ । आज (जुन १) देखि लागु हुने गरी उक्त एयरलाइन्सले दैनिक उडान थालेको हो ।

शिक्षा, स्वास्थ्योपचार, व्यवसाय र पर्यटनको गेटवे मानिने सो क्षेत्रबाट बोइङ ७९७ विमानमार्फत उडान सुरु गरिएको हो । यो आफ्नो १७ औँ गन्तव्य रहेको एयर इन्डियाले जनाएको छ । 

उक्त विमान बिहान ५ः०५ बजे बैंङ्लोरबाट काठमाडौँका लागि छुट्नेछ । बिहान ८ः०५ बजे काठमाडौँमा अवतरण गर्ने कार्यसूची छ । त्यस्तै, विमान ९ः०५ बजे काठमाडौँबाट उड्नेछ भने दिउँसो १२ः२५ बजे बैंङ्लोरमा अवतरण गर्नेछ । 

त्यसमध्ये १४ वटा अन्तर्राष्ट्रिय उडान छन् । टाटा इन्टरप्राइजेजको सहायक कम्पनीको रूपमा सञ्चालित यस कम्पनीसँग बोइङका ७२ र एयरबसका ४० वटा विमान छन् । 

यसले भारतका ३८ वटा र भारत बाहिरका १७ विमानस्थलमा दैनिक ५० उडान गर्दै आएको छ । अहिले एयर इन्डिया एक्सप्रेसले बैंङ्लोरबाट मात्रै ३१ वटा गन्तव्यमा हप्ताको ४४८ वटा उडान गर्दै आएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप