एयर इन्डिया एक्सप्रेसद्वारा काठमाडौँ - बैंङ्लोर सिधा उडान
काठमाडौँ । एयर इन्डिया एक्सप्रेसले आइतबारदेखि काठमाडौँ - बैंङ्लोर सिधा उडान थालेको छ । आज (जुन १) देखि लागु हुने गरी उक्त एयरलाइन्सले दैनिक उडान थालेको हो ।
शिक्षा, स्वास्थ्योपचार, व्यवसाय र पर्यटनको गेटवे मानिने सो क्षेत्रबाट बोइङ ७९७ विमानमार्फत उडान सुरु गरिएको हो । यो आफ्नो १७ औँ गन्तव्य रहेको एयर इन्डियाले जनाएको छ ।
उक्त विमान बिहान ५ः०५ बजे बैंङ्लोरबाट काठमाडौँका लागि छुट्नेछ । बिहान ८ः०५ बजे काठमाडौँमा अवतरण गर्ने कार्यसूची छ । त्यस्तै, विमान ९ः०५ बजे काठमाडौँबाट उड्नेछ भने दिउँसो १२ः२५ बजे बैंङ्लोरमा अवतरण गर्नेछ ।
त्यसमध्ये १४ वटा अन्तर्राष्ट्रिय उडान छन् । टाटा इन्टरप्राइजेजको सहायक कम्पनीको रूपमा सञ्चालित यस कम्पनीसँग बोइङका ७२ र एयरबसका ४० वटा विमान छन् ।
यसले भारतका ३८ वटा र भारत बाहिरका १७ विमानस्थलमा दैनिक ५० उडान गर्दै आएको छ । अहिले एयर इन्डिया एक्सप्रेसले बैंङ्लोरबाट मात्रै ३१ वटा गन्तव्यमा हप्ताको ४४८ वटा उडान गर्दै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण