उपकुलपतिको कार्यकक्षमा तोडफोड गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यकक्षमा तोडफोड गर्नेमाथि कारबाही प्रक्रिया अघि बढेको छ । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यही जेठ १४ गते भएको तोडफोडमा संलग्नमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाएको बताएको हो ।
उक्त गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही तथा भौतिक सम्पत्तिको हानी नोक्सानीको क्षतिपूर्ति भराउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
'विभिन्न व्यक्ति तथा समूहका नाममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूलाई विभिन्न बहानामा धम्की दिने र विश्वविद्यालयको सम्पत्ति तोडफोड गर्ने काम भइरहेको छ,विज्ञप्तिमा भनिएको छ,'उक्त कार्यले विश्वविद्यालयले आफूलाई ऐन र नियमले दिएको गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने राष्ट्रिय जिम्मेवारी प्रभावकारी रूपमा पुरा गर्न बाधा अड्चन पुयाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमै विश्वविद्यालयको साख गिराएको महसुस भएको छ ।'
गत बिहीबार २०/२५ जनाको समूहले उपकुलपतिको कार्यालयमा प्रवेश गरी उपकुलपतिको सचिवालय तोडफोड गरेको थियो भने पदाधिकारी एवं कर्मचारीमाथि भौतिक आक्रमणको प्रयास समेत गरिएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण