जनमोर्चाले भन्यो : सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो
आइतबार, १८ जेठ २०८२, १५ : २४
सारांश
- राष्ट्रिय जनमोर्चाले आगामी आर्थिक वर्षको बजेटबारे धारणा सार्वजनिक गरेको छ।
- अध्यक्ष चित्रबहादुर केसीले बजेटले स्वदेशी पुँजी विदेश पलायनलाई वैधानिकता दिएको आरोप लगाए।
- जनमोर्चाका अनुसार, यसले राष्ट्रिय पुँजी निर्माणमा बाधा पुर्याउने र समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य पछि धकेल्नेछ।
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सरकारले जेठ १५ गते संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे धारणा सार्वजनिक गरेको छ ।
आइतबार अध्यक्ष चित्रबहादुर केसीले १७ बुँदामा मोर्चाको धारणा सार्वजनिक गरेका हुन् ।
केसीले आइतबार जारी गरेको विज्ञप्तिमा सरकारले बजेट मार्फत स्वदेशी पुँजी विदेश पलायनका लागि वैधानिकता दिएको बताएका छन् ।
‘नेपाली पुँजीपतिहरूले विदेशमा लगानी गर्न पाउनसमेत छुट दिएको छ । हाम्रो जस्तो अल्पविकसित र गरिब मुलुकका लागि यो नीति घातकसिद्ध हुनेछ’, जनमोर्चाले विज्ञप्तिमा भनेको छ ।
त्यस्तै नेपालको राष्ट्रिय पुँजी विदेश पलायन वा विदेशमा लगानीको बाटो खोलिदिँदा राष्ट्रिय पुँजीको निर्माणमा बाधा पुग्ने र त्यसबाट समाजवाद उन्मुख अर्थतन्त्रको उद्देश्यको कार्यान्वयन पछाडि पर्ने जनमोर्चाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण