मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

जनमोर्चाले भन्यो : सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो

आइतबार, १८ जेठ २०८२, १५ : २४
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • राष्ट्रिय जनमोर्चाले आगामी आर्थिक वर्षको बजेटबारे धारणा सार्वजनिक गरेको छ।
  • अध्यक्ष चित्रबहादुर केसीले बजेटले स्वदेशी पुँजी विदेश पलायनलाई वैधानिकता दिएको आरोप लगाए।
  • जनमोर्चाका अनुसार, यसले राष्ट्रिय पुँजी निर्माणमा बाधा पुर्‍याउने र समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य पछि धकेल्नेछ।

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सरकारले जेठ १५ गते संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे धारणा सार्वजनिक गरेको छ । 

आइतबार अध्यक्ष चित्रबहादुर केसीले १७ बुँदामा मोर्चाको धारणा सार्वजनिक गरेका हुन् ।

केसीले आइतबार जारी गरेको विज्ञप्तिमा सरकारले बजेट मार्फत स्वदेशी पुँजी विदेश पलायनका लागि वैधानिकता दिएको बताएका छन् । 

‘नेपाली पुँजीपतिहरूले विदेशमा लगानी गर्न पाउनसमेत छुट दिएको छ । हाम्रो जस्तो अल्पविकसित र गरिब मुलुकका लागि यो नीति घातकसिद्ध हुनेछ’, जनमोर्चाले विज्ञप्तिमा भनेको छ ।

त्यस्तै नेपालको राष्ट्रिय पुँजी विदेश पलायन वा विदेशमा लगानीको बाटो खोलिदिँदा राष्ट्रिय पुँजीको निर्माणमा बाधा पुग्ने र त्यसबाट समाजवाद उन्मुख अर्थतन्त्रको उद्देश्यको कार्यान्वयन पछाडि पर्ने जनमोर्चाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप